सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको पुनर्वास नगरपालिका ८ को कार्यालयमा तालाबन्दी

फाइल फोटो
फाइल फोटो
२०७८ पुष १०, १२:२६ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ को कार्यालयमा तालाबन्दी गरिएको छ। वडा कार्यालयले विकासका क्षेत्रमा खर्च गरेको बजेटबारे विवरण सार्वजनिक गर्नुपर्ने माग राखेर स्थानीयले तालाबन्दी गरेका हुन्।
बाटोघाटो, स्वास्थ्य चौकी, खेलकुद, तालिम, कोभिडका बेला बाँडिएका राहत सामग्री लगायतका बारेमा पार्दशिता देखाउन उनीहरुले माग गरे्का छन्।

यस्तै केही महिना पहिले वडा कार्यालयको बजेटमा सडक पोलमा लगाइएका बत्ती बिग्रीएकोमा त्यसबारे कसैले चासो नदेखाएको भन्दै स्थानीयले रोष प्रकट गरेका छन्। उनीहरुले ती बत्ती मर्मत गरिनुपर्ने र त्यसबारे विवरण सार्वजनिक गर्न माग गरेका छन्।   

कमेन्ट लोड गर्नुस