डा. गोविन्द केसीसँग वार्ताका लागि चारसदस्यीय टोली गठन
धनगढीः अनशनरत प्रा.डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चारसदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा उक्त वार्ता टोली गठन गरेको हो।
टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्य सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयका प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य रहेका छन्।
मन्त्रालयले डा. केसीले राखेका मागहरूप्रति ध्यानाकर्षण गर्दै वार्ता र संवादका माध्यमबाटै समाधान खोज्न अनशनरत डा. केसीलाई आग्रह गरेको छ।