सुदूर नेपाललाई विश्वसँग जोड्दै

५ बर्षमा स्मार्ट गाउँपालिका बनाउने कैलारी गाउँपालिकाका जनप्रतिनिधि सुविधा भोगी

२०७४ चैत्र २८, ११:०९

५ बर्षमा स्मार्ट गाउँपालिकार २० बर्षमा स्वीजरल्याण्ड बनाउने दावी गरेका कैलालीको कैलारी गाउँपालिकाका जनप्रतिनिधिहरु आफ्नै सेवा सुविधा थप्नमै व्यस्त देखिएका छन् । स्थानीयतहमा विजयी भएपछि कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले गाउँपालिकालाई २० वर्षमा स्वीजरल्याण्डर ५ बर्षमा स्मार्ट गाउँपालिका बनाउने दावी गरेका थिए । 
तर उनको पहिलो बर्षको कार्यकाल भने आफ्नै सेवा सुविधा थप्नमा बित्ने भएको छ ।

गाउँपालीकाले बर्ष भरीकालागि अनुमान गरेको चालु तर्फको बजेट अर्थात सेवा सुविधा र अन्य प्रशासनकि तर्फको खर्च ८ महिनामै सकिएको छ । ५ वटा नदीले घेरिएको कैलालीको कैलारी गाउँपालिकालाई जैविक तटबन्धन निर्माण गरि ५ बर्षमै स्मार्ट र २० बर्षमा स्वीजयरल्याण्ड बनाउने आश्वान दिएका विजयी जनप्रतिनिधिहरु गाउँपालिकाका जनता भन्दा पनि आफ्नै सेवा सुविधा थप्नमा केन्द्रित बनेका हुन् । कैलारी गाउँपालिकाको प्रथम गाउँ सभामा अध्यक्ष लाजुराम चौधरीले ३९ करोड ९८ लाखको बजेट, कार्यक्रम तथा नीति सार्वजनिक गरेका थिए । त्यस्मा चालु तर्फ १५ करोड ४७ लाख र पुजीगत तर्फ २४ करोड ५१ लाख बजेट विनियोजन गरिएको थियो । चालु तर्फ साढे १५ करोड विनियोजन भएकोमा ८ महिनामै त्यो बजेट सकिएको छ भने विकास तर्फको बजेट भने अझै पनि १६ करोड भन्दा बढि खर्च गर्न बाँकी छ । 

चालु तर्फको बजेट ८ महिनामै सकिनुको प्रमुख कारण जनप्रतिनिधि सेवामुखी बढि भएर हो । कैलारी गाउँपालिकाले भत्तामा १६ लाख, पोषाकमा ३ लाख ६७ हजार, इन्धनमा ३ लाख, मर्मत सम्भारमा ४४ हजार, सेवा शुल्कमा १५ लाख, कार्यालय सञ्चालनमा १० लाख र अन्य विभिन्न शिर्षकमा ठुलो रकम खर्च गरेको छ । गाउँपालिकाले ११ वटा मोटसाइकल खरिदको बजेट भने विकास बजेटमा हालीदिएको छ । कैलारी गाउँपालिकालाई ग्राफडिजाईन बनाई वातावरणीय सरसफाई, पर्यटन विकास गरि स्मार्ट गाउँको रुपमा विकास गर्ने लक्ष्यविपरीत जनप्रतिनिधिहरु विकास निर्माणको बजेट पनि आफ्नै सेवा सुविधाकालागि खर्च गर्न थालेकाहुन् । 

कैलाली गाउँपालिकाको विकाशकालागि कैलारी सर्वाङिण विकाश कार्यक्रम सञ्चालन गरिने, गाउपालिका भित्र बेरोजगार युवा, महिला बृद्धबृद्धाको लागि क्षमता विकाश रोजगार कार्यक्रम सञ्चालन गरिनुका साथै शिक्षित युवाहरुको लागि सम्मेलन गरि उद्योग व्यवसायमा प्रेरित गरिने, एक वडा एक–एक उत्पादन कार्यक्रम लागु गर्ने, ५ वर्षभित्रि गाउपालिकालाई घर भित्रको धुवामुक्त घोषणा गर्ने, स्नातक कलेज र बहुप्राविधिक शिक्षालय स्थापना गर्ने बाचाँ विजयी जनप्रतिनिधिहरुले चुना अघि र चुनावपछि पनि गरेका थिए । 

गाउपालिकामा १ सय शैयाको अस्पताल स्थापना गरि सेवा सञ्चालन गरिने, ५ वर्षभित्र गाउपालिकालाई पूर्ण सरसफाई गाउपालिका घोषणा गर्न, थारु सङग्राहालय र थारु स्मारक पार्क स्थापना प्रक्रिया अगाडी योजना गाउपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि उल्लेख छ । पाँच वर्षमा कैलारी गाउँपालिकालाई ग्रामिण पूर्वाधार विकास सम्पन्न गर्नु नै पहिलो लक्ष्य बताएका गाउँपालिकाका जनप्रतिनिधिहरुले सडक निर्माणको बजेट भने आर्थिक बर्षको तिन महिना मात्रै बाँकी रहेका बेला १६ करोड भन्दा बढि खर्च गर्न बाँकी राखेका छन् । चालु तर्फको विकास निर्माणको बजेट ८ महिनामै सकेर विकास तर्फको बजेटलाई पनिआफ्नै सेवा सुविधामा खर्च गरेर कस्तो स्मार्ट गाउँपालिका बनाउन खोजेका हुन, जिज्ञासाको विषय बनेको छ । 
 

कमेन्ट लोड गर्नुस