सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नं १ मा अहिले पनि ९५ सक्रिय सङ्क्रमित

२०७८ पुष ३, ०९:२८ रासस

प्रदेश नं १ मा अहिले पनि ९५ जना कोरोना सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशमा ११ जनामा कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमित झापा र मोरङमा मात्र देखिएका छन्।

सङ्क्रमित मोरङमा १० र झापामा एक रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा सात, रङ्गेली, धनपालथान र बेलबारीमा एक/एक तथा झापाको शिवसताक्षीमा एक जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै  छ महिलासहित २० कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा छ महिला र १४ पुरुष रहको मन्त्रालयले जनाएको छ । 

 

कमेन्ट लोड गर्नुस