देशभर पछिल्लो २४ घण्टामा थप १८९ मा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा थप १८९ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यस अवधिमा सात हजार ९९७ को पीसीआर परीक्षण गरिएको थियो। योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २५ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९५ हजार ९३ पुगेको छ। पछिल्लो समय थप २५० जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख आठ हजार ६०३ पुगेको छ।
कोरोनाबाट दुईको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७२ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत छ। त्यसैगरी, पछिल्लो समय एक लाख ११ हजार ९३८ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४२८ छ।