कोरोनाविरुद्धको खोप बिक्री गरिरहेका २ स्वास्थ्यकर्मी पक्राउ
काठमाडौं : कोभिड–१९ को खोप अवैधानिक रूपमा बिक्री गरिरहेका दुईजना स्वास्थ्यकर्मीलाई जनकपुरधाममा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित स्वास्थ्यचौकीमा कार्यरत पाँचौ तहका हेल्थ असिस्टेन्ट अजकुमार साह र उनका सहयोगी कृष्णकुमार यादव रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ।
नेपाल सरकारले निःशुल्क रूपमा दिँदै आएको भ्याक्सिन १५ हजार रुपैयाँसम्ममा बिक्री गरिरहेको सूचनाको आधारमा उनीहरुलाई अख्तियारको टोलीले पक्राउ गरेको हो।