दार्चुलामा एक महिला मृत फेला
२०७८ मंसिर २६, ०१:२७
धनगढीः दार्चुलामा एक महिला मृत फेला परेकी छन्। मालिकार्जुन गाउँपालिका-६ कुचाकोटकी २६ वर्षीया लक्ष्मी पार्की आफ्नै घरको काठाभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ।
महिलाको मृत्युको कारण खुलेको छैन्। घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्कर ऐरीको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
कमेन्ट लोड गर्नुस