मानविय गतिविधिले कर्णालीमा माछाको उत्पादन घट्यो, माझी पलायन
सानै उमेरदेखि कर्णाली नदिमा माछा मार्दै आएका भने भाट अहिले कर्णालीमा माछा कम भएपछि अचम्मीत छन्। भाटले माछा पाउन छोडेपछि माछा मार्ने काम छोडीसके। नदिमा पहिलेका जस्ता माछा पनि नभएको उनले सुनाए। उनले भने, पहिले हामी एकै दिन १०-१२ किलो माछा मार्ने गर्दथ्यौ। आज भोली माछा छैन्। खै माछो सकियो होलाकी ? केही अर्थ बुझ्या नाई।
कर्णालीमा माछा मार्नेहरु पनि अहिले कम भएका छन्। कर्णालीको पितमारी क्षेत्रमा मात्र १०-१२ जना माझिहरुले माछा मार्ने पेशा गर्दै आएका थिए। उनिहरु मध्य अहिले ५-६ जनाले मात्र माछा मार्ने काम गर्दै आएका छन्। उनीहरुसंग अहिले चार ओटा मात्र डुङ्गा छन्। दैनिक १०-१२ किलो माछा मार्दै आएका चिसापानी क्षेत्रका माझीहरु अहिले एक किलो माछा मार्न पनि सक्ने अवस्थामा छैनन्। कर्णालीको चिसापानी, लम्कीचुहा नगरपालिकाको क्षेत्र सकिएपछि उत्तरमा खिमडी सम्म मोहन्याल गाउँपालिकाको क्षेत्र हो। बर्दिया राष्ट्रिय निकुञ्ज सकिएको पितमारी तथा सुर्खेत जिल्ला सुरु भएदेखिको कर्णाली नदिमा मोहन्याल गाउँपालिकाले नदी ठेक्कामा दिएको पितमारीका स्थानीय बताउछन्। तर ठेक्का दिएको बिषयमा मोहन्याल गाँउपालिकाका अध्यक्ष नवलसिँह रावललाई जानकारी छैन्। पुरानै ठेकेदारले नदिको माछा मार्ने काम गर्दैछन्, उनले भने। मोहन्याल गाउँपालिकाको जलचर नीति पनि छैन्। त्यो बनाउने प्रक्रियामा छौ। त्यसपछि मोहन्याल क्षेत्रमा पर्ने कर्णाली नदिको पुन ठेक्का हुन्छ। माछाको उत्पादन बढाउनका लागि पनि त्यो नीतिले सहज हुने छ।
कर्णाली नदिका माछाका लागि टिकापुर नगरपालिकाले पनि कुनै पहल गरेको छैन्। टिकापुर नगरपालिका क्षेत्रमा हामीले नदिजन्य पर्दाथको ठेक्का दिएका छौ, माछाको छैन्। टिकापुर नगरपालिकाका प्रसाशकिय अधिकृत तथा सूचना अधिकारी रन्जु आचार्यले भनिन्। टिकापुर नगरपालिकाले माछाका बिषयमा केही छलफल समेत गरेको छैन्। ठेक्का पनि दिएको छैन्। त्यो बिषयको अध्ययन भएको छैन्। प्रमुख प्रशासकिय अधिकृत धुर्वराज आर्चायले भने, कर्णाली नदिको माछामा रोक लगाएका छौ। माछाका लागि नगरपालिकाको नीति निर्माण भईसकेको छैन्। टिकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र मोहन्याल गाउँपालिकासंग अनौपचारीक केही छलफल भएको छ। तर त्यो छलफलले कुनै निर्णय भने लिएको छैन। आर्चालयले भने। माछाका लागि प्रख्यात मानिएको कर्णाली क्षेत्रका स्थानीय तहले माछाको उत्पादन बढाउनका लागि कुनै पहलनै नगरेको बुझिएको छ।
किन घट्यो माछाको उत्पादन ?
माछाका विज्ञहरुले पनि माछाको उत्पादनमा कमि आएको स्वीकार गर्छन्। कर्णाली नदीमा माछाको कमि हुनुको कारण मध्य प्रमुख कारण माछाको प्रजननको समयमा पनि माछा मार्नु हो। प्रजननको सयममा विभिन्न तरिकाले माछा मार्दा सबै माछाहरु मर्ने र नयाँ उत्पादन रोकीने गरेको छ। यस्तै प्रजननकै समयमा माछाहरु एक ठाउँबाट अर्को ठाउँमा सर्ने गरेका छन् तर बसाईसराईका लागि विभिन्न बाधाहरु आउन थालेपछि माछाको उत्पादन घट्दै गएको विज्ञहरुको दावी छ। मत्स्य विकास केन्द्र गेटाका प्रमुख तथा बरिष्ठ मत्स्य विकास अधिकृत दीपक भुसालले माछाको उत्पादनमा कमि आउनुको धेरै कारण रहेको बताए। उनका अनुसार सबै भन्दा बढि मावन अतिक्रमण हो। हाईडो पावरका ड्यामले माछालाई तलदेखि माथि सर्न रोक लगाएको छ, उनले भने। कर्णालीमा भईरहेको बालुवा उत्खनन्ले पनि माछा उत्पादनमा कमि आएको छ। नदिमा बमको समेत प्रयोग हुने भएकाले माछाको प्रजननमा समस्या आएको उनले बताए। स्थानीय सरकारले पनि यस्मा ध्यान नदिएकाले झनै समस्या भएको भुषालले बताए।