सुदूर नेपाललाई विश्वसँग जोड्दै

सत्तापक्षको दवावमा मोहनापुल–अत्तरीया ६ लेन सडकका प्रमुखको हाजीर भएकै दिन सरुवा

२०७५ पुष १३, ०६:४३ सीताराम ओझा

मोहनापुल अत्तरीया ६ लेन सडक आयोजनामा आएका नयाँ प्रमुखको हाजीर भएकै दिन सरुवा भएको छ। झण्डै दुई महिनादेखि प्रमुख विहीन भएको आयोजनामा सरुवा भएर आउनु भएका राजेश पौडेलको आज हाजीर लगाएकै दिन सरुवा भएको हो। आयोजना प्रमुख मनिषकुमार शाहको गत कार्तिकमा सरुवा भएपछि आयोजना, प्रमुख विहीन रहँदै आएको थियो।

डेढ साता अगाडी मात्रै आयोजना प्रमुखको रुपमा भैरहवा– लुम्बीनी– तौलिहवा सडक आयोजनाका प्रमुख रहेका राजेश पौडेललाई मोहनापुल अत्तरीया ६ लेन सडक आयोजनाको प्रमुखको रुपमा पठाउने निर्णय गरिएको थियो। पौडेल रमाना वुझेर आज कार्यालयमा हाजीर भएकै दिन उनको महाकाली पुल आयोजनामा सरुवा भएको हो। हिजोराती धनगढी पुगे लगत्तै आज कार्यालयमा एक दिन मात्रै हाजीर भएपछि पौडेलको सरुवा भएको खबर आएको ६ लेन सडक आयोजनाले जनाएको छ। 

सत्तापक्षकै नेताहरुले राजनितिक शक्ती प्रयोग गर्दै सडक निर्माणमा विशेष दख्खल भएकालाई महाकाली पुल आयोजना पठाईएको स्रोतको दावी छ। यो क्षेत्रका नेताहरु भने यो विषयमा मौन छन्। कञ्चनपुरबाट नेकपामा दख्खल भएका नेताहरुको चहाना अनुसार उनलाई धनगढीबाट कञ्चनपुर पठाईएको बताईएको छ। पौडेल सडक निर्माणमा राम्रो दख्खल भएका ईन्जिनियरमा पर्छन।

उनको पालामा नेपालगंज– कोहलपुर ६ लेन सडक आयोजना सम्पन्न भएको थियो। मोहना पुल अत्तरीया ६ लेन सडक आयोजनामा आउनु अघिपनि उनी एसियाली विकास वैंककै भैरहवा– लुम्बीनी– तौलिहवा सडक आयोजना प्रमुखको रुपमा थिए। यसअघि पौडेल सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा वसेर काम गरिसकेको अनुभव रहेको छ। उनले ६ लेन सडक गोदावरी नदि सम्म नै बनाउनका लागि आफ्नो कार्यकालमा अध्ययन गर्ने पनि बताउका थिए। 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस