कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लािग दुई प्यानल सहित अन्य समुहहरु चुनावी प्रचार प्रसारमा व्यस्त
चाहेको नेतृत्व छान्न पाउने भन्दै व्यवसायीहरु हर्षित
कैलाली उद्योग वाणिज्य संघको सदस्यहरुको टुङगो लागेपछि नयाँ नेतृत्व चयनका लागि पुस २८ गते हुने निर्वाचनलाई लिएर व्यवसायीहरु हर्षित भएका छन् । सदस्यता छानविनको काम सकिएपछि निर्वाचनको प्रक्रिया अगाडी वढाउन कार्य तालिका सहित निर्वाचनको मिति तोकिएपछि चाहेको नेतृत्व छान्न पाउने भन्दै व्यवसायीहरु खुशी भएका हुन् । आठ बर्षपछि वास्तविक व्यवसायीको भोटले नयाँ नेतृत्व चयन हुने भएका कारण त्यसको व्यग्र प्रतिक्षा भईरहेको छ । संघको नेतृत्वमा आउन चाहने व्यवसायीहरु कोही प्इानल सहित र कोही प्यानल विना नै प्रचार प्रसारमा जुटेका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत यादव भण्डारीको संयोजकत्वमा रहेको निर्वाचन समितीले सरोकारवालासँगको छलफलपछि निर्वाचनको मिति र कार्य तालिका टुङगाएपछि व्यवसायीहरु हर्षित भएका हुन् । यसअघि नक्कली सदस्यहरुको हालीमुहाली भएका कारण चाहेको नेतृत्व छान्न नपाएकोमा अव भने वास्तविक व्यवसायीहरु मात्रै संघको सदस्य बनेकोले सही नेतृत्व आउने आशा पलाएको व्यवसायी पदम वोहोराले बताए । कैलाली उद्योग वािणज्यको अव हुन गईरहेको निर्वाचनमा दुई हजार सात सय २५ जनाले मतदान गर्ने पाउनेछन् । गत वैशाख २२ गतेको साधारण सभा स्थगित हुनुअघि संघका ५ हजार ९ सय ९० जना सदस्य रहेका थिए । अधिकांश नक्कली सदस्यहरुको हालीमुहाली वढेको भन्दै उच्च अदालत दिपायलमा उजुरी परेपछि सदस्यता छानविन गरिएपछि साधारण सभा रोकिएको आड महिनापछि निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि चुनावी प्रचार प्रसार पनि सुरु भएको छ । प्यानल सहित अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका संघका महासचिव रुपेश स्वाँरले प्रचार प्रचार सुरु गरेको बताए ।
यसअघिको साधारण सभामा स्वारले प्यानल सहित उम्मेदवारी दर्ता गराएका थिए । त्यसैगरी संघका कोषाध्यक्ष रहेका पुष्प कुँवर पनि प्यानल सहित अध्यक्ष पदमा उम्मेदवारी लिने तयारीमा रहेका छन् । त्यसका लागि चुनावी प्रचार प्रसारमा रहेको उनले बताए । दुई समुहले प्यानल सहित चुनावी प्रचार सुरु गरेका वेला निर्वाचनको मिति तोकिनु अघि तेस्रो समुहका रुपमा देखिएका व्यवसायीले के गर्ने भन्ने टुङगो लगाएका छैनन् । त्यसैगरी केही व्यवसायीहरु स्वतन्त्र रुपमा पनि उम्मेदवारी दिने तयारीमा रहेका छन् । दुई समुह प्यानल सहित जाने टुङगो लागेका वेला अब कसरी जाने भन्ने विषयमा व्यवसायीहरु निर्णयमा पुग्न सकेका छैनन् ।