सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्रामीण सडकमा भएको लगानी : वालुवामा पानी

२०७५ पुष १२, ०२:५३ नवराज पनेरु

सडकले नै समृद्धी ल्याउने कुरामा दुई मत छैन्। तर कैलालीका स्थानीय तहले भने मापदण्ड विपरित धमाधम ग्रामीण सडक निर्माण गर्दा एकातिर बजेटको दुरुपयोग भईरहेको छ भने अर्को तिर दुर्घटनाको जोखीम पनि बढिरहेको छ। दिर्घकालीन योजना विना नै निर्माण भईरहेका सडक बर्ष दिन पनि काम नलाग्ने अवस्थामा छन्। जिल्लाका पहाडी क्षेत्रमा रहेका चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाले त पैदल हिड्न पनि मुस्कील हुने सडक निर्माण गरि सर्वाजनिक सवारी साधन चलाउने तयारी गरेका छन्। 

कैलालीको चुरे गाउपालिकाले घर–घरमा सडक पुगाउने नाराका साथ अहिले धेरै स्थानमा नयाँ सडकको ट्रयाक खोलेको छ। ग्रामीण सडक निर्माणकै लागि एउटै योजनामा ८० लाख सम्म बजेट विनीयोजन गरेको गाउँपालिकाले सडक निर्माण गर्दा भने दिर्घकालीन योजना बनाएको छैन्। गाउँ–गाउँमा सर्वाजनिक सवारी साधन चलाउने लक्ष्य सहित निर्माण गरिरहेका सडकको अवस्था भने अहिले नै दयनिय छ। योजना विना नै निर्माण भईरहेकाले सडकहरुमा आवतजावत गर्न त समस्या छ नै सार्वजनिक सवारी साधन चलाउन कसरी सम्भव होला भन्ने जिज्ञासा चुरेवासीलाई लागेको छ।

चुरे गाउँपालिकाका स्थानीय दीपक गौतमले गाउँ–गाउँमा सडक पुगाउने नाममा बन फडानी भईरहेको बताए। उनले सडकले पार्ने दीर्घकालीन असरका विषयमा अध्ययन पनि नभएको बताए। स्थानीय तहले निर्माण गरिएका सडकमा कुनै पनि मापदण्ड नअपनाईएको स्थानीयको आरोप छ। निकै भिरालो सडक निर्माण गरिएका छन् भने सामान्य पानी परेपनि हिलाम्य हुने समस्या छ। खोलामा आवातजावत नै गर्न नसकीने अवस्था छ। सडकका योजना ल्याएर जनप्रतिनिधिहरुले आफ्खनै लगानीमा खरिद गरिएका डोजरको आतंक बढाउका छन्। यस्तै सडक क्षेत्रमा पर्ने रुख कटानीको आदेश नलिएकाले रुखबाट पनि अवैध रुपमा जनप्रतिनिधिले आयआर्जन गरिरहेको स्थानीयको आरोप छ। यस्तै योजना विना नै सडक निर्माण भईरहेकाले जनप्रतिनिधिहरुले मनोमानी गर्दै आफ्ना घर–घरमा सडक पुगाउने गरि सडकलाई नालीवेली जस्तै घुमाउरो बनाएका छन्। 

स्थानीय वासीन्दाले ग्रामीण सडक निर्माण गर्दा कुनै पनि योजना नबनाईएकाले सोही सडकमा बर्षेनी मर्मतका लागि अहिलेको भन्दा दोव्वर बजेट विनियोजन गर्नुपर्ने अवस्था हुने बताएका छन्। उनिहरुले साच्चीकै सडकले समृद्धी ल्याउने नारा साकार पार्नुभन्दा पनि आफ्ना कार्यकर्तालाई उपभोक्ता समितीमा राखेर बजेट पचाउनका लागि मात्रै मापदण्ड विपरीत सडक निर्माण गरिरहेको आरोप लगाएका छन्। स्थानीयले सडकको प्राथमीकरण गर्दै विकास गर्नुपर्ने भएपनि मनोमानी रुपमा सडक निर्माण गरेर ठुलो रकमको दुरुपयोग गरेको आरोप पनि लागेको छ। 

अहिले निर्माण भएका सडकको आयु बर्ष दिनको समेत नहुने र अर्को बर्ष पनि सोही सडकमा बजेट विनीयोजन गरेर रकमको दूरपयोग हुने आसंका स्थानीयमा उब्जीएको छ। यता स्थानीय तहरुले प्राविधीकहरुको अभावका कारण डिजायन स्टमेट निर्माण गर्दा केही लापरवाही भएको पनि स्वीकार गरेका छन्। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस