सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराबाट देउवा पत्नी आरजु महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

२०७८ मंसिर ६, ०६:३५ खबर संवाददाता

डडेल्धुराः प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवा महाअधिवेसन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी छिन्। यस्तै सरस्वती खड्का, कौशिल्ला कुमारी भट्ट र कलावती बोहरा र डा राणा गरी ४ जना महिला महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन।

जिल्ला कार्य समितिको उपसभापति पदमा डिल्ली राज जोशी र लक्ष्मी प्रसाद अवस्थी सर्वसम्मत चयन भएका छन्। सह–सचीवमा प्रेमबहादुर महर र गोविन्दराज बोहरा सर्वसम्मत भएका छन्।

कमेन्ट लोड गर्नुस