सुदूर नेपाललाई विश्वसँग जोड्दै

किन डोटी आउँदैछन् नेपाल र आले ?

२०७८ मंसिर १, ११:०८ खबर संवाददाता

डोटी : एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल सरकारका संस्कृत पर्यटन तथा नागरिक उड्ययन्त्र मन्त्री प्रेमबहादुर आले मगर डोटी आउँदैछन्।  जिल्लाको बडीकेदार गाउँपालिमा बुधबार लाग्ने जाँतमा सहभागी हुन दुवैजना दिउँसो १२ बजे बडीकेदार आइपुग्ने मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए। 

उक्त स्थानमा कात्तिक ३० गते (हिजो) राति र  मंसिर १ गते (आज) दिउँसो मेला लाग्ने गरेको छ। बडीकेदार दर्शन गरेमा मनोकामना पुरा हुने गरेको भन्दै भारत तथा देशका विभिन्न ठाउँबाट बडी केदार दर्शन गर्न भक्तजनहरू आउने गर्दछन्। 

कमेन्ट लोड गर्नुस