सुदूर नेपाललाई विश्वसँग जोड्दै

करेन्ट लागेर दोस्रो नेपाल आइडल रवि ओडकी आमाको मृत्यु

हार्दिक श्रद्धाञ्जली

२०७५ पुष ११, १०:०४ खबर संवाददाता

दोस्रो नेपाल आइडल  रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ। आज बिहान पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी ४५ वर्षिया विस्ना ओडलाई उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउदै गर्दा मृत्यु भएको हो। बिहान सात बजेतिर रविका कान्छा बुबाकाे घरमा रहेकाे नल्कामा पानीका लागि जाँदा चलाइएकाे माेटरकाे करेन्ट लागेकाे थियाे । 

सेती अञ्चल अस्पतालको ईमरजेन्सी वार्ड इन्चार्ज कृष्ण बोहोराले करेन्ट लागेर घाइते भएकी ओडको अस्पताल पुर्याउदा मृत्यु भइसकेको पुष्टि गरे। रविलाई जन्मदिने आमाको भने यसअघि नै निधन भइसकेको छ।  विष्णा रविकी कान्छी आमा हुन् । जन्मदिने आमाको सानैमा मृत्यु भएपछि रविका बावुले विष्णासँग दोस्रो विवाह गरेका थिए । उनै विष्णाले रविलाई हुर्काएकी थिइन् ।  तर, नेपाल आइडल–२ का विजेता छोरा रविसँग त्यसको खुसी साट्न नपाउँदै विष्णाको निधन भएको छ । आमाको मृत्युको खबर पाएपछि रवि पनि सेती अञ्चल अस्पताल पुगेका छन्।

रवि ओड विभिन्न अभिनन्दन कार्यक्रमका लागि गृहजिल्लामै रहेका बेला घटना भएको हो। नेपाल आइडलको उपाधि जितेका रविले जितको खुसियाली मानाउँदै गर्दा उनको परिवारमा यो विपत्ति आएको छ।

 

   

कमेन्ट लोड गर्नुस