जनप्रतिनिधि सुविधामुखीः सवारी साधन खरिदका लागि पौने ३करोड रकम खर्च
जनप्रतिनिधिहरुले विकासे काम भन्दा पनि आफुहरुको सेवा सुविधामा बढी ध्यान दिएको कुराले चर्चा पाईरहेका बेला कैलालीको गौरीगंगा नगरपालिकाकाले पनि सवारी साधान खरिदका लागि पौने ३ करोड रकम खर्च गरेको छ। नगरपालिकाले नगर प्रमुख भिमबहादुर देउवाका लागि मात्रै झण्डै ६० लाखको गाडी खरिद गरेको छ। कार्यालय प्रायोजनका लागि भन्दै नगरकार्यपालिकाको निर्णय मार्फत ५८ लाख ९० हजारको गाडी खरिद गरिएको हो।
झण्डै ६० लाख खर्च गरेर किनिएको टाटा सफारी स्ट्रोम गाडीमा अहिले गौरीगंगा नगरपालिकाका नगरप्रमुख भिमबहादुर देउवा चढिरहेका छन्। यस्तै नगरपालिकाका सबै वडा अध्यक्षहरुका लागि पनि एक एक थान मोटरसाईकल खरिद गरिएको छ। वडा अध्यक्षहरुका लागि झण्डै ३१ लाख खर्च गरेर १६ ओटा मोटरसाईकल खरिद गरिएको हो। नगरपालिकाले व्याकहो लोडरकाका लागि झण्डै ३५ लाख र ट्रयाक्टरको ट्रली खरिदका लागि साढे १३ लाख रकम खर्च गरेको छ।
सबै मिलाएर सवारी साधान खरिदमा गौरीगंगा नगरपालिकाले २ करोड ७२ लाख रकम खर्च गरेको हो। संबिधानमा स्थानिय तहका जनप्रतिनिधिहरुको सेवा सुबिधा प्रदेश सरकारले कानून बनाएर तोक्ने कुरा उल्ल्ेख छ । तर गौरीगंगा नगरपालिकाका जनप्रतिनिधिले भने आफ्नो सवारीको सुबिधाका लागि करोडौ रकम सवारी साधन खरिद गर्नमा खर्च गरेका हुन्।