कञ्चनपुर क्षेत्र नं ३ बाट सर्वसम्मत एमाले महाधिवेशन प्रतिनिधि चयन
२०७८ कार्तिक २८, ०१:२८
धनगढीः नेकपा एमाले कञ्चनपुरले क्षेत्र नं ३ मा सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधिको चयन गरेको छ। क्षेत्र नं ३ बाट ४ जना महाधिवेशन प्रतिनिधि छनोट भएका हुन्।
संघीय सांसद दिपकप्रकाश भट्ट, भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कृष्णदेव पन्त र जिल्ला कमिटी सल्लाहकार खिमा चन्दलाई महाधिवेशन प्रतिनिधि छनोट गरिएको एमाले कञ्चनपुरले जनाएको छ।
कमेन्ट लोड गर्नुस