पुनर्वासका पत्रकार जोशीले शैक्षिक सामाग्री सहयोग गर्दै मनाए जन्मोत्सव
कञ्चनपुर: विगत एक दशक देखि पुनर्वासमा पत्रकारिता गर्दै आएका पत्रकार हरिलाल जोशीले शनिबार आफ्नो जन्मदिन शैक्षिक सामाग्री सहयोग गरेर मनाएका छन्।
हेल्लो पुनर्वास दैनिक पत्रिकाका बेलौरी-पुनर्वास ब्युरो प्रमुख रहेका जोशीले पुनर्वास -५ मा रहेको गौरीशंकर माध्यमिक विद्यालयको बाल कक्षा र एक कक्षाका ४२ जना विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग गरेर मनाएका हुन्।विद्यालय बन्द भएपनि पत्रकार जोशीले उक्त शैक्षिक सामाग्री आईतबार विद्यार्थीहरुलाई वितरण गरिदिन विद्यालयका प्रधानाध्यापक लोकबहादुर थापालाई हस्तान्तरण गरेका थिए।
जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा गरिब तथा जेहेन्दार बालबालिकालाई थोरै मात्रामा भएपनि शैक्षिक सामाग्री सहयोग गर्न सके बालबालिकालाई केही राहत मिल्ने पत्रकार जोशीले बताए। उनले अरुलाई पनि यस्ता कार्यक्रममा हुने खर्च घटाएर सामाजिक सेवामा खर्च गर्न अनुरोध गरका छन्। पत्रकार जोशीले सोही विद्यालयबाट कक्षा ४ देखि उच्च माध्यमिक तहसम्मको शिक्षा हासिल गरेका थिए।