सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा जबरजस्ती करणी मुद्दाका फरार युवक पक्राउ

२०७८ कार्तिक २६, ०८:४५ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा जबरजस्ती करणी मुद्दाका फरार एक युवक पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका -४ का युवकलाई उनकै घर ठेगानाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार ती युवकलाई जिल्ला अदालतले २०७७ भदौ २५ गते ६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो। उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले बताएको छ। प्रहरीले ती युवकको नाम भने खुलाएको छैन। 


 

कमेन्ट लोड गर्नुस