सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

२०७८ कार्तिक २५, ०७:०२ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।  जिल्लाको बेलौरी नगरपालिका–६ बैखाखा सीमाबाट आउँदै गरेको म२प २९४४ नम्बरको मोटरसाइल चालक सोही वडाको दुम्ली बस्ने अन्दाजी २२ वर्षीय कैलाश थापा र साही मोटरसाइकलमा सवार अन्दाजी २० वर्षीय लक्ष्मण रानालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका दुवैजनाबाट नाइट्राभेट–१० नामक २२ ट्याब्लेट, मोबाइल एक थान, चाँदीका सिग्री र औंठी १/१  थान, बुफर एक थान बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ गरिएका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको गणले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस