कञचनपुरमा महिला लघुवित्त वित्तीय संस्थाको आर्थिक सहयोग
कञचनपुरः महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले संस्थामा आबद्ध ग्राहक सदस्यहरुलाई राहात स्वरुप आर्थिक सहयोग गरेको छ। कार्तिक पहिलो साता परेको बेमौसमी बर्षासंगै आएको बाढीबाट घर, पशु चौपाया डुवानमा परेका कन्चनपुर भिमदत्त नगरपालिकाका–१२ स्थित पिडित परिवारलाई नगद र खाद्यान्न सहयोग गरेको हो।
वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कोष अन्तर्गत आफु मातहतका ५ वटा सुनिका कार्यालय तथा ६६ वटै शाखा कार्यालयहरु मार्फत ग्राहक सदस्यहरुलाई नगद र खाद्यान्न खरिदका लागि आर्थिक सहयोग गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले बताए। यस्तै शाखा कार्यालय महेन्द्रनगर कंन्चनपुरले पनि भिमदत्त नगरपालिका –१२ स्थित बाढि पिडित ग्राहक सदस्यहरुलाई राहात स्वरुप प्रति सदस्य दुई हजार नगद र खाद्यन्न वितरण गरेको छ।
सुपरीवेक्षण तथा निरीक्षण कार्यालय प्रमुख टेकबहादुर बोगटी र शाखा प्रमुख प्रकास बहादुर चन्दले सयुक्त रुपमा संस्थामा आबद्ध दुई दर्जन घर धुरीका सदस्यहरुलाई उक्त राहात वितरण गरेको हो।