डडेल्धुराका डिएसपी महेन्द्र नेपालको सरुवा, को आउँदै छन् नयाँ ?
धनगढीः नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले विहीबारको निर्णय अनुसार सरुवा गरेको हो।
जसअनुसार जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालको पनि सरुवा भएको छ। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय टंगाल प्रहरी महाशाखा सरुवा गरिएको हो। उनी २०७७ भदौमा डडेल्धुरा आएका थिए। उनको ठाउँमा अब डडेल्धुरामा देबेन्द्रबहादुर पाल आउने भएका छन्।
प्रहरी हेडक्वार्टरले मंसिर महिनाको तलबभत्ता सरुवा भएकै ठाउँबाट भुक्तानी हुने गरी विभिन्न, जिल्ला प्रहरी प्रमुख, इलाका प्रहरी प्रमुख, महानगरीय प्रहरी वृत्त, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठानमा कार्यरत डीएसपीको सरुवा गरेको हो।