सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलमा उडान बन्द हुँदै

२०७५ पुष ९, ०३:०९ नवराज पनेरु

नागरीक उड्यान प्राधिकरण धनगढीले, धनगढी विमानस्थलबाट हुने उडान ८ दिनका लागि बन्द गर्ने भएको छ। बर्षातको पानीले विमानस्थलको धावनमार्गमा केहि समस्या आएकोले मर्मतका लागि मंगलवारदेखि उडान बन्द गरिने भएको हो। नागरीक उड्यान प्राधिकरण धनगढीका प्रमुख तेजवहादुर बुढथापाका अनुसार बर्षातको पानीले विमानस्थलको धावनमार्ग दबेकाले मर्मतका लागि पौष १० गतेदेखि १७ गते सम्म विमानस्थलमा उडान विहान ६ बजेदेखि साँझ ६ बजे सम्म बन्द गर्ने निर्णय भएको हो।

बेलुका ६ बजेपछि विमान कम्पनीहरुले उडान भर्न सक्ने उनले बताए। ६ बजेपछि साझ बुद्ध एयरले उडान गर्ने बुझिएको छ। विमानस्थल बन्द गर्नका लागि केन्द्रको नागरीक उड्यान प्राधिकरणलाई धनगढीले अनुमती मागेको थियो। केन्द्रको नागरीक उड्यान प्राधिकरणले सो समयमा विमानस्थल बन्द गर्न स्वीकृती दिएपछि उडान बन्द गर्ने निर्णय भएको प्रमुख बुढथापाले बताए। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस