अछाममा गर्भवतीको हवाई उद्धार
डोटीः प्रसूति गराउँँदा गम्भीर स्वास्थ्य समस्यामा परेकी अछामको पञ्चदेवल विनायक नगरपालिका–१ की मनसरा देवकोटाको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट उनको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
तेस्रो पटकको प्रसूतिमा गम्भीर समस्या भएपछि विनायकबाट रेफर गरिएको बताइएको छ। हेलिकोप्टरमार्फत कोहलपुर शिक्षण अस्पतालमा प्रसूति सेवाका लागि लगिएको छ।