सुदूर नेपाललाई विश्वसँग जोड्दै

अपरिचितको कुटाईबाट एक जनाको मृत्यु

। फोटो स्रोत ।
२०७५ पुष ९, १०:३७ सीपी लोहीया

अपरिचित व्यक्तिको कुटाईबाट बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्। मृत्यु हुनेमा सिगास गाउँपालिका ९ श्रीभावरका ६० बर्षीय जसु बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। गएराती १ बजे अपरिचित व्यक्ति घरमा प्रवेश गरी मृतक जसु र उनकी २१ बर्षीया बुहारी लक्ष्मी बोहरालाई कुटपिट गरेको र कुटपिटबाट जसुको ज्यान गएको बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले बताए। कुटपिटबाट लक्ष्मी घाईते भएकी छन्। अहिले प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ। घटनास्थल बैतडी र बझांगको सीमा नजिक पर्दछ। घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ।
 

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस