पिताको शव अगाडि मोडलले फोटोसुट गरेपछि...
काठमाडौंः अमेरिकाको फ्लोरिडामा बस्ने २० वर्षकी फिटनेस मोडल जेने रिवेरा आजकाल चर्चामा छिन्। जेनेले आफ्ना पिताको शवको अगाडि पोज दिँदै फोटो खिचाएकी छिन् र त्यसलाई इन्टाग्राममा सेयर पनि गरेकी छिन्।
तस्बिर भाइरल भएपछि जेनमाथि मानिसले आलोचना गर्दै कमेन्ट गर्न थाले। त्यसपछि जेनले अकाउन्ट नै रिमुभ गरिन्। तर अहिले पनि मानिस सोसल मिडियाका विभिन्न प्लेटफर्ममा मोडललाई ट्रोल गर्दै तथानाम भनिरहेका छन्। जेनेले सोसल मिडियामा आलोचनात्मक कमेन्ट सहन नसकेर आफ्नो अकाउन्ट नै डिलिट गरेकी छिन्। रिवेराको पिताको निधन उनको ५६ औं जन्मदिनभन्दा दुई दिनअघि भएको थियो।