सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ

२०७८ कार्तिक २०, ०५:०१ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। शुक्रबार राति जिल्लाको भीमदत्त नगरपालिका–८ महेन्द्रनगरस्थित ब्रहमदेव रोडबाट भीमदत्त–७ का प्रवीन चन्द र वडा नम्बर ८ का सागर चन्दलाई प्रहरीले पक्राउ गरिएको हो।

उनीहरुका साथबाट १९.२८ ग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक यज्ञराज जोशीले बताए। पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस