कञ्चनपुरमा मोटरसाइकल र कार ठोक्किए
२०७८ कार्तिक १९, १२:४९
धनगढीः कञ्चनपुरमा शुक्रवार मोटरसाइकल र कार आपसमा ठोक्किएका छन्। महेन्द्र राजमार्ग अन्तर्गत जिल्लाको बेदकोट नगरपालिका दैजी शंकर इटा भट्टा नजिकै मोटरसाइकल र कार आपसमा ठोक्किएका हुन्।
मोटरसाइकल र कार आपसमा ठोक्किएर दुर्घटना हुदा मोटरसाइकलमा सवार एक जना घाइते भएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस