सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका ८ स्थानीय तहले बुझाएनन् रिक्त दरबन्दी विवरण

२०७८ कार्तिक १८, ०८:५२ खबर संवाददाता

कञ्चनपुः कञ्चनपुरका जिल्लाका ९ स्थानीय तहमध्ये १ स्थानीय तहले मात्रै रिक्त कर्मचारीको विवरण प्रदेश लोक सेवा आयोगलाई पठाएको छ।

चार महिना अगाडि प्रदेश लोक सेवा आयोगले रिक्त दरबन्दीको विवरण पठाउन प्रदेशका सबै स्थानीय तहलाई पत्राचार गरेको भएपनि कञ्चनपुरको बेलौरी नगरपालिकाले मात्र रिक्त दरबन्दीको विवरण पठाएको प्रदेश लोक सेवा आयोगले जनाएको छ।

कञ्चनपुरका भीमदत्त नगरपालिका, वेदकोट नगरापालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, दोधाराचाँदनी नगरपालिका, पुनर्वास नगरपालिका तथा लालझाडी र बेल्डाडी रिक्त दरबन्दीको विवरण पठाएका छैनन्।

निकटका व्यक्तिलाई विभिन्न रिक्त पदहरुमा जागीर खुवाएको कारण स्थानीय तहले स्थायी पदपूर्तिको चाहना नराख्दा विवरण पठाउन अनाकानी गर्ने गरेका छन्। 

प्रदेश लोक सेवा आयोगले भने सबै स्थानीय तहबाट रिक्त दरबन्दीको विवरण प्राप्त हुनासाथ विज्ञापन गर्ने तयारीमा रहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस