सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा जीप दुर्घटना

२०७८ कार्तिक १७, १२:२५ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा जीप दुर्घटना भएको छ। जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ बागबजार र तुफानडाँडाको बीचमा उक्त जीप दुर्घटना भएको हो। से१ज ६०८ नम्बरको जीप निर्माण व्यवसायी संघको अगाडी बीच सडकमा पल्टिएको थियो। 

जीपमा चालक मात्रै रहेको र उनलाई पनि सामान्य चोटपटक लागेको बताइएको छ। अहिले स्थानीयले जीपलाई साइड लगाएर राजमार्ग सुचारु गरेका छन्। बागबजारतर्फ गइरहेको जीप अनियन्त्रित भएर पल्टिएको स्थानीयले बताएका छन्।

कमेन्ट लोड गर्नुस