सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा–डोटी जोड्ने केआईसिंह राजमार्ग फेरि अवरुद्ध

२०७८ कार्तिक १७, ११:०१ खबर संवाददाता

धनगढी: डडेल्धुरा–डोटी जोड्ने केआइसिंह फेरि अवरुद्ध भएको छ।  असोज ३१ गतेदेखि ३ दिनको वर्षाका कारण अवरुद्ध भएको राजमार्ग खुलाइएको थियो। तर पहिरोले बगाएको उक्त सडक बारम्बार अवरुद्ध भइरहेको छ। राजमार्गमा डोजर लगाएर बनाइएको नयाँ सडकमा माथिबाट बारम्बार पहिरो र पानी आइरहेकाले सडक अवरुद्ध भइरहेको हो।  

मंगलबार मात्रै उक्त स्थानमा इन्धनको ट्याङकर फसेर सडक अवरुद्ध बनेको थियो। केही समयपछि उक्त ट्याङकर निकालेर सडक खुलाइएको थियो। आज(बुधबार) बिहान पुनः उक्त स्थानमा हाइस फसेर केहीबेर सडक अवरुद्ध बनेको थियो।

उक्त हाइस निकालेको केही बेरमै फेरि त्यहाँ मिनी ट्रक फसेको छ। ट्रक फसेर सडक अवरुद्ध भएपछि सयौं सवारी अहिले अलपत्र परेका छन्। संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँडले निरीक्षण गर्ने भनिएको डडेल्धुराकै गन्यापधुरा गाउँपालिका जान हिँडेका पत्रकारहरु पनि रडुवा खोलामा अलपत्र परेको पत्रकार शेर भण्डारीले बताए। अहिले उक्त मिनी ट्रक निकालेर सडक सुचारु गर्ने प्रयास भइरहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस