सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलिका अवैध सामान र काठ बरामद

२०७८ कार्तिक १६, ०६:३० खबर संवाददाता

धनगढी: कञ्चनपुरमा भन्सार छलिका अवैध सामान र काठ बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट बयलबन्दा रपशुपतिटोलबाट खटीएको सीमा गस्ती टोलीले समान र काठ बरामद गरेको हो। 

भारतबाट नेपाल भित्र्याइ बेवारिसे अवस्थामा रहेको अन्दाजी मुल्य ८४ हजार ८१० बराबरको किराना समान तथा साल, सिसौ र टिक गरी ४३ क्यु. फिट काठ बरामद गरिएको हो। बरामद गरिएको सामान  आवश्यक कानूनी कारबाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाईएको र काठ गौरीशंकर मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितिलाई बुझाइएको गणले जनाउको छ। 
 

कमेन्ट लोड गर्नुस