सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिमी वायुको आंशिक प्रभाव: एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

२०८३ कार्तिक २७, ०७:१५ खबर संवाददाता

काठमाडौँ: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार अहिले देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराई भू–भागको मौसम मुख्यतया सफा छ। शुक्रबार पनि देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईको मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। यसैगरी, आज देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

कमेन्ट लोड गर्नुस