ढकाललाई राखेप सदस्यसचिवको जिम्मेवारी
काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवको जिम्मेवारी युवा तथा खेलकुद मन्त्रालयका सहसचिव विष्णुकुमार ढकाललाई दिइएको छ। युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्यसचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमित्त सचिव डा. कमलप्रसाद पोखरेलले जानकारी दिए।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद विकास ऐन–२०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई अर्को व्यवस्था नहुँदासम्मको लागि राखेप सदस्यसचिवको जिम्मेवारी दिइएको पोखरेलले बताए।