कञ्चनपुरमा बाढी पिडीतलाई राहत प्रदान
२०७८ कार्तिक १५, ०६:२५
धनगढीः कञ्चनपुरमा नेपाल भारत मैत्री संघले बाढी पिडीतहरुलाइ राहत प्रदान गरेको छ। जिल्लाका १७४ घर परिवारलाई संघले राहत प्रदान गरेको जनाएको छ।
नेपाल भारत मैत्री संघका उपाध्यक्ष हरि शङ्कर ठाकुरका अनुसार बाढी प्रभावित क्षेत्रमाचामल, दाल, नुन र तेल सहयोग गरिएको हो।
यस्तै संघले भोलि टिकापुर र गुलरियामा पनि राहत वितरण गर्ने जनाएको छ।
कमेन्ट लोड गर्नुस