बैतडीमा वडाका कर्मचारी पार्टीको अधिवेशनमा, कारबाही गर्न माग
बैतडी: बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ७ को कार्यालयमा कार्यरत कर्मचारी कार्यालय बन्द गरेर नेकपा एमालेको गाउँपालिका अधिवेशनमा गएको आरोप लागेको छ। बिहानैबाट कार्यालयमा नागरिकताको सिफारिस बनाउन गएका सेवाग्राहीहरु मारमा परेको गुनासो गरिएपछि अन्य राजनीतिक दलका प्रतिनिधिहरुले विज्ञप्तिमार्फत विरोध जनाएका छन्।
सरकारी कार्यालयका कर्मचारीहरु बिना सूचना पार्टीको कार्यक्रममा गएको हुँदा उक्त कार्यलाई विज्ञप्तिमार्फत खेद जनाइएको छ। नेकपा माओवादी केन्द्रका रघुवीर धामी, नेपाली कांग्रेसका गणेशबहादुर धामी र वाइसीएल डिलाशैनी गाउँपालिका अध्यक्ष जनक सिंह धामीले संयुक्त विज्ञप्ति जारी गर्दै जनतालाई दुःख दिएर वडा कार्यालयमा ताला लगाएर पार्टीको कार्यक्रममा जाने कर्मचारीलाई कारबाहीको माग गरेका छन्।