सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी नगरपालिकाको विकास वजेट खर्च हुन नसकेको अवस्थामा २२ करोड सेवा सुविधा र आसेपासेलाई वाँडेर सिद्धियो (भिडियो रिर्पोट सहित) 

२०७४ चैत्र २५, ११:५५

कैलाली गोदावरी नगरपालिकाको ठुलो हिस्सा विकास वजेट खर्च हुन नसकेर अधिकांश विकास निर्माणका काम अलपत्र परेका छन । कुल वजेटको एक तिहाई रकम खर्च हुँदापनि त्यसको ठुलो हिस्सा सेवा सुविधा र आसेपासेलाई वितरणमै सकिएको छ । 

नगरपालिकाको कुल ७५ करोड ८६ हजार वजेटमध्ये ३४ करोड ४० लाख रकम विकास वजेट रहेको छ । त्यसमा ५ करोड ६२ लाख ९० हजार मात्रै खर्च भएको छ । चालु आर्थिक वर्षमा खर्च भएको २७ करोड रकममध्ये २२ करोड सेवा सुविधा र आसेपासेलाई वाँडेर सिद्धिएको छ । 

कैलालीको गोदावरी नगरपालिकाले कुल वजेटको ३५ प्रतिशत रकम खर्च गर्दा त्यसको ठुलो हिस्सा सेवा सुविधा र आसेपासेलाई वाड्नमै सकिएको छ । आर्थिक वर्षको ९ महिना चलिरहँदा गोदावरी नगरपालिकाले ७५ करोड ८६ लाख रकममध्ये २७ करोड ६५ हजार खर्च भएको छ । त्यसमा विकास वजेट ५ करोड ६२ लाख ९० हजार खर्च भएको छ । त्यसको चार गुणा वढी सेवा सुविधा र आसेपासेलाई वाडेर वजेट स्वाहा पारिएको छ । 

लक्षित वर्ग र अन्य कार्यक्रम अन्तर्गत १३ करोड वढी खर्च भएको छ । तलव भत्तामा मात्रै विकास वजेटभन्दा दुई करोड वढी ७ करोड ८० लाख ४९ हजार रुपैया खर्च भएको छ । ४३ लाखका सवारी साधान खरिद १२ लाख वैठक भत्ता, ५ लाख सञ्चार र यातायात, साढे १० लाख ईन्धनमा खर्च गरिएको गोदावरी नगरपालिका लेखा अधिकृत रामचन्द्र जोशीले वताए । 

झण्डै २ दशकपछि जन प्रतिनिधि पाएको गोदावरी नगरपालिकाले आशाति काम गर्न सकेको छैन । कर्मचारीहरु हुँदा अघिल्ला वर्षहरुमा ठुलो रकम विकास निर्माणमा खर्च भईसकेको हुन्थो तर जन प्रतिनिधि आएपछि त्यसको ठुलो विकास वजेट खर्च नभएर खातामै थन्किएको छ ।

विकासका योजनाहरुले गति पाउँला भन्ने आशा राखेका गोदावरी नगरवासीहरुको त्यो आशा पुरा हुन सकेको छैन । तर विकास वजेटलाई अहिले तिव्रता दिईएकोले अवको महिनामा गति लिने नगरपालिकाकी उपमेयर रत्ना कठायतले दावी गरिन् । 

चैत महिना सकिनै लाग्दा गोदावरी नगरपालिकाकाले विनियोजित ३४ करोड ४० लाख वजेटमा ५ करोड ६२ लाख मात्रै खर्च भएको छ । त्यसको चार गुण वढी सेवा सुविधा र आसेपासेलाई वाडेर सकिएको छ । जन प्रतिनिधि आएपछि विकासको मुल फुट्ने आशा गरेका जनताहरुको आशा आशामै सिमित भएको छ । 
 

कमेन्ट लोड गर्नुस