सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा बस दुर्घटनाः घाइतेको धनगढी र अत्तरियाका अस्पतालमा उपचार हुँदै

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक १४, ०९:३५ खबर संवाददाता

धनगढी : डडेल्धुरामा बस दुर्घटनामा परी घाइते भएकाहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बैतडीको डिलाशैनी गाउँपालिका -६ की ४५ वर्षीया बिर्मा ओड, दोगडाकेदार गाउँपालिकाका २२ वर्षीय भरत विष्ट, २० वर्षीय नरेन्द्र विष्ट, २५ वर्षीय प्रकाश विष्ट र पुर्चौँडी नगरपालिका -१० का ३० वर्षीय चन्द्र बहादुर विष्टको पद्मा अस्पतालमा उपचार भइरहेको हो। 

दुर्घटनामा गम्भीर घाइते भएकी बैतडीको डिलाशैनी गाउँपालिकाकी रम्पा ओडको भने धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। उनलाई पद्मा अस्पतालबाट रिफर गरिएको र अवस्था गम्भीर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

शनिबार राति दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको  ना८ख ६१३२ नम्बरको बस आलिताल गाउँपालिका (१ स्थित घण्टेश्वर मन्दिर नजिक सडकबाट करिब १०० मिटर तल खसेको थियो। 

कमेन्ट लोड गर्नुस