नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अल्मुताइरी नेपाल आउँदै
काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आज नेपाल आउँदैछन्। साफ च्याम्पियनसिपको तयारीका लागि गत असोजमा नेपाली टोलीभन्दा अगाडि नै अब्दुल्लाह कतार पुगेका थिए।
उतैबाट माल्दिभ्स पुगेका साफ च्याम्पियनसिप खेलाएका अब्दुल्लाहले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका थिए। साफ च्याम्पियनसिप सकिनुअघि नेपाल नफर्किने घोषणा गरेका अब्दुल्लाहले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शर्पा र कतार फुटबल संघसँगको वार्तापछि नेपाल आउने निर्णय गरेका हुन्।
जसअनुसार उनी आज कतार एयरवेजमार्फत साँझ ७स्३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।