सुदूरपश्चिममा मापसे परिक्षणका लागि ल्याईएका ब्रेथलाईजर बिग्रिए
धनगढी–सुदूरपश्चिममा मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाउने ब्रेथलाईजर मेसिन बिग्रिँएको बर्षाै वितिसक्दा समेत मर्मत गर्न कसैको चाँसो गएको छैन्। मेसिन बिग्रिएको बर्षाै बित्दा पनि मर्मत तथा नयाँ खरिदको पहल नहुँदा ट्राफीक प्रहरीले सुघेँर मापसे परिक्षण गर्दै आएको छ। ६ बर्ष अगाडी २०६९ साल बैशाख महिनाबाट सुदूरपश्चिममा पनि ब्रेथलाइजल मेसिन मार्फत मापसे परिक्षण सुरु गरिएको थियो।
साविकको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुखमा प्रमोदकुमार खरेल रहेको समयमा २०६९ साल बैशाख ६ गते हल्लाखल्ली गर्दै ब्रेथलाईजर मेसिनबाट सुदूरपश्चिममा पनि मापसे परिक्षण सुरु गरिएको थियो। तर चालकले गुट्का तथा सुर्ति खाएर बे्रथ लाईजरमा फुक्ने तथा त्यसको केही टुक्रा मेसिनमै अड्किने गरेकाले मेसिनहरु एक बर्ष पनि टिक्न सकेनन रअधिकासं बिग्रिए। सुदूरपश्चिम प्रदेशको प्रादेशीक ट्राफीक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक केदार रजौलेले सुदूरपश्चिममा मर्मतको व्यवस्था नहुँदा समस्या भएको बताए। उनले नयाँ मेसिन माग गरिएको बताए।
सुदुरपश्चिमका विभिन्न जिल्लामा १५ वटा मेसिन मार्फत एकै पटक मापसे परिक्षण सुरु गरिएको थियो। बढ्दै गएको सवारी दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले सवारी चालकहरुले मादक पदार्थ सेवन गरे नगरेको चेकजाच ब्रेथलाईजरबाट थालेको थयो। ‘मापसे’ गरि सवारी साधन चलाउने कार्यलाई निरुत्साहित गर्न ट्राफिक प्रहरीले कैलालीको धनगढी, अत्तरिया र लम्की, कञ्चनपुर, डोटी र डडेल्धुरा जिल्लाका विभिन्न स्थानमा ब्रेथलाइजर मेसिन प्रयोग गरेर मापसे चेकजाच गर्न थालेको थियो। ब्रेथलाईजर मेसिन विग्रिएको बर्षाै भईसक्दा समेत मर्मतका लागि भने ट्राफीक प्रहरीले ध्यान दिएका छैन्।
मादक पदार्थ सेवान गरि सवारी साधन चलाएका कारण सडक दुर्घटनामा बृद्धि हुन थालेको भन्दै मेसिन प्रयोग गरी चेकजाच सुरु गरिएको थियो। मेसिनले ‘मापसे’ गरेको तुरुन्त थाहा पाइने हुदा ‘मापसे’ कर्तालाई सम्बन्धित ठाउँमै तत्काल कारवाही गरिने ट्राफिक प्रहरीको दावी थियो। सवारी साधन चलाउदा ‘मापसे’ गरेको भेटाएमा प्रहरीले तुरुन्त नियन्त्रणमा लिएर एक हजार नगद जरिवानाका साथै २४ घण्टा प्रहरी हिरासतमा राखेर आफन्तको जिम्मा लगाउन गर्दै आएको थियो। तर ब्रेथलाईजर विग्रिएसंगै प्रहरीले सुघेर मापसे गरे वा नगरेको जाँच गर्दै आएको छ।
तर मापसे गरेको भेटिएमा पनि उनहिरुलाई पक्राउ गर्ने परिपाटी भने लगभग बन्द भईसकेको छ। मपसेकर्ताबाट रकम असुल्ने र सोही बेला छोडीदिने गर्दा सवारी दुर्घटना पनि बढ्दै गएका छन्।
मादक पदार्थ सेवन गरि सवारी साधन चलाउँदा सवारी दुर्घटना हुने भन्दै सोको नियन्त्रणका लागि मापसे चेकिङ गर्ने गरिन्छ। तर रकम असुल्दै फेरी सवारी चलाउन दिने ट्राफीक प्रहरीको नियतले दुर्घटना बढ्दै गएका छन्। ब्रेथलाइजर बिग्रँदा त झन मापसे चेकिङबाट असुल हुने राजश्वमा पनि घाटा लागेको छ।