सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा देशभरमै धेरै वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक १, ०१:४१ खबर संवाददाता

डडेल्धुराः डोटी र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टमा भारी वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा डडेल्धुरामा देशभरमै धेरै १ सय १६ मिलिलिटर वर्षा भएको हो। 

यस्तै, डोटीमा ९५.३  मिलिलिटर र धनगढीमा ८०.१ मिलिलिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ती क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान रहेकाले रंगुन नदी तथा सो क्षेत्रका अन्य स–साना नदीहरूमा बाढी आउन सक्ने चेतावनी जारी गरिएको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले रंगुन नदी तथा सो आसपासका तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आह्वान गर्दै सूचना गरेको छ।

हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका न्यूनचापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव नेपालमा परेको छ। त्यसैको कारण हाल देशको अधिकांश स्थानमा बदली छ। 

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सुदूरपश्चिमको एकरदुई स्थानमा भारी वर्षा समेत भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस