सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर पछिल्लो २४ घण्टामा थप एक हजार २८२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

२०७८ असोज ११, ०८:०४ रासस

काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा थप एक हजार २८२  जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १५ हजार ४८८ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ९२ हजार ३६७ पुगेको छ। एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९० हजार ८५४ रहेको छ । पछिल्लो समय  थप एक हजार २६२ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६२ हजार ४१६ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव २ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ। 

हाल नेपालमा १७ हजार ५३५ होम आइसोलेशन र एक हजार ३१३ जना संस्थागत आइसोलेशन रहेका छन्। त्यसैगरी ३८५ आईसीयू र १२५ जना भेन्टिलेटरमा उपचाररत छन्। देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ८४८ जना रहेको  छ। हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या २५६ रहेको छ। 

सातको मृत्यु 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार १०३ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप सात जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। यस रोगबाट हुने मृत्यु दर १।४ प्रतिशत रहेको छ। त्यसैगरी पछिल्लो समय तीन लाख १२ हजार ८७४ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। 

कमेन्ट लोड गर्नुस