सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नं १ मा ३२७ मा सङ्क्रमित

२०७८ असोज ११, ०७:२२ रासस

विराटनगर: पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा एक हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २२६ र ३५४ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८५, मोरङमा ८० मध्ये विराटनगरमा ३९, सुनसरीमा ५०, इलाम, धनकुटा र सङ्खुवासभामा दुईरदुई, पाँचथर, ताप्लेजुङ, भोजपुर, तेह्रथुम र प्रदेश बाहिरका एक÷एक जनामा सङ्क्रमण भएको हो। 

सो अवधिमा सुनसरीमा ६६, मोरङमा ५८, इलाममा आठ, धनकुटामा दुई, ओखलढुङ्गा र उदयपुरमा एकएक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको छ। प्रदेशमा आजै १२६ महिलासहित २४० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई महिलासहित चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस