राप्रपा डिलाशैनी गाउँपालिका कार्यसमिति अध्यक्षमा माल चयन
धनगढी: राष्ट्रिय प्रजातन्त्र पार्टी डिलाशैनी गाउँपालिका कार्यसमिति अध्यक्षमा ३३ वर्षीय युवा भुपेन्द्रजंग माल चयन भएका छन्। आईतबार डिलाशैनीमा सम्पन्न भएको प्रथम गाउँपालिका अधिवेशनबाट मालको अध्यक्षतामा ४० सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन संयोजक देवेन्द्र मालले बताए।
अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा जानकी बोहरा, धौलसिंह राना, शेरबहादुर साँउद चयन भएका छन् भने सचिवमा द्रोपदी बडू, सह–सचिवमा उद्धव हुड्के तथा कोषाध्यक्षमा जनकबहादुर बोहरा सर्वसम्मत भएको संयोजक मालले दिनेशखबरलाई बताए। अध्यक्ष माल गोकुलेश्वरका युवा व्यवसायी हुन्।