सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाठककालागि संगम स्थल बन्दै कैलाली जनपुस्तकालय

२०७५ मंसिर २२, १२:२५ नवराज पनेरु

आजभन्दा झण्डै ६०–७० बर्ष अगाडी सुदूरपश्चिममा साहित्य श्रृजना गर्ने श्रष्टाहरु थुप्रै थिए तर त्यस्ता कार्यक्रम सञ्चालन गर्नका लागी न सरकारी स्तरबाट पहल हुन्थ्यो न त संघ सस्थाहरु नै सक्रिय थिए। त्यहि भएर ६१ बर्ष अगाडी २०१४ सालमा सुदूरपश्चिममा साहित्यिक गतिविधिहरु बढाउन स्थापना गरियो। २०१० सालमा नीजि क्षेत्रबाट धनगढीमा स्थापना भएको कमलादेवी पुस्तकालय र २०१२ सालमा धनगढीमै स्थापना गरिएको जनता पुस्तकालयले यस क्षेत्रमा थोरै भएपनि साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्ने जमर्को गरे। नीजि क्षेत्रबाटै स्थापना भएका दुवै पुस्तकालयको उद्येश्यहरु भने समान थियो। साहित्यप्रेमीहरुको जमघट गराई साहित्यिक कार्यक्रम गर्ने ठाउँको अभावलाई पुर्ती गर्नु र प्रकाशित रचनाहरुको संरक्षण गर्नु। दुवै पुस्तकालयको उद्येश्य एउटै भएपछि २०१४ सालमा दुवै पुस्तकालय बिच एकता भएर कैलाली जनपुस्तकालयको जन्म भएको हो। 

स्थापनादेखि कैलाली जनपुस्तकालयले स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका पुस्तक, पत्रपत्रिका खरीद गरी पाठकहरु समक्ष पस्किने त काम गरेको छ नै उत्कृष्ट साहित्यकारलाई सम्मान, आर्थिक अवस्था कमजोर भएका साहित्यकारहरुलाई कृती प्रकाशनका लागि आर्थिक सहयोग, साहित्यिक रचनाहरुको प्रकाशन, तथा साहित्यकारहरुको जन्म जयन्ती मनाउने लगायतका कामहरु गरेको छ।

कैलाली जनपुस्तकालय स्थापना हुनु पुर्व यस क्षेत्रमा एउटा पनि साहित्यिक सस्थाहरु नहुदा यहाँका श्रष्टाहरुले प्रतिभा प्रस्फुटन गर्ने मौका पाएनन् भने यहाँको कला, साहित्य र सस्कृती पनि स्थानीय स्तरमै ओझेलमा थियो। २०१४ सालपछि भने सुदूरपश्चिमको प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुगाउन कैलाली जनपुस्तकालयले पुलको काम गरेको धेरै कलाकर्मीको तर्क छ।

कैलाली जनपुस्तकालयमा अहिले पनि पाठकहरुले विभीन्न विधाका हजारौ पुस्तकहरु निशुल्क पढ्न पाउछन्। यस्तै स्थानीय, राष्ट्रिय, दैनीक, साप्ताहिक, मासिक, त्रैमासिक, पाक्षिक, र बार्षिक गरि सबै जसो पत्रपत्रिकाको पनि भण्डार जनपुस्तकालयसंग छ। कैलाली जनपुस्तकालयका अध्यक्ष डाक्टर टिएन जोशीका अनुसार अहिले पुस्तकालयमा झण्डै १८ हजार पुस्तक छन्। जनपुस्तकालयमै अध्ययन गर्दा कुनै शुल्क लाग्दैन भने एक साताका लागि घरमा पुस्तक लैजादा पाठक सदस्य बन्नुपर्ने व्यवस्था गरिएको छ। उनीहरुले ५ सय धरौटी बुझाउन पर्ने व्यवस्था गरिएको छ। जनपुस्तकालयमा ७९ जना पाठक सदस्य रहेको अध्यक्ष जोशीले बताए। यस्तै जनपुस्तकालयमा ५ सय २५ आजिवन सदस्य रहेका छन्। 

सुरुमा यस क्षेत्रमा कैलाली जनपुस्तकालय मात्रै साहित्यिक कार्यक्रम गर्ने थलो भएपनि अहिले यसैको जगमा सुदूरपश्चिमाञ्चल साहित्य समाज लगायतका थुप्रै साहित्यिक सस्थाहरु स्थापना हुदा यस क्षेत्रमा साहित्यिक गतिविधिहरु बढ्न थालेका छन्। तर पनि यस क्षेत्रका जेठा साहित्यिक संघ सस्थाहरुले अभिभावकको भुमिका खेल्न नसकेको भन्दै बेला–बेला आलोचना पनि हुने गरेको छ। जस्ले गर्दा युवा श्रष्टाहरुलाई साहित्यिक कार्यक्रम गर्दा गैर साहित्यिक सस्थाहरुको साहारा लिनुपर्ने बाध्यता पनि आउने गरेको छ। सुदूरपश्चिमको पुरानो साहित्यिक सस्था भएकाले कैलाली जनपुस्तकालयले अभिभावकको जिम्मेवारी निभाउन भने आवश्यक छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस