दार्चुलामा अस्थायी ट्राफिक प्रहरी पोष्ट थपियो
धनगढीः दार्चुलामा एक अस्थायी ट्राफिक प्रहरी पोष्ट थपिएको छ। जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ चैतलीचौरमा अस्थायी ट्राफिक प्रहरी पोष्ट थपिएको हो। मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमाक्षेत्र रहेको चौतलीचौरमा ट्राफिक प्रहरी पोष्ट थप गरिएको जिल्ला प्रहरही कार्यालय दार्चुलाले जनाएको छ।
महाकाली लोकमार्गको मध्यभागमा रहेको सो क्षेत्रमा अस्थायी ट्राफिक प्रहरी पोष्टको मालिकार्जुन गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थी र जिल्ला प्रहरी प्रमुख मनोहरप्रसाद भट्टले बुधबार उद्घाटन गरे। मालिकार्जुन प्रहरी चौकी अन्तर्गत रहने गरि सडक दुर्घटना न्यूनीकरण गर्न अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख भट्टले बताए।
यसअघि दार्चुला सदरमुकाम खलंगा र गोकुलेश्वरमा ट्राफिक प्रहरी पोष्ट रहेको छ।