बैतडी दुर्घटनाका घाईतेलाई हेलिकोप्टर मार्फत धनगढी ल्याईयो
२०७८ भदौ ३०, ०६:२२
धनगढीः बैतडीको पाटन नगरपालिका ६ बेडौतीमा सडक दुर्घटनामा परी घाइते भएका उद्धव जोशीलाई धनगढी ल्याईएको छ। हेलिकोप्टर मार्फत जोशीलाई धनगढी ल्याईएको हो।
दुर्घटनापछि घाईते जोशीलाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएकोमा डडेल्धुरा अस्पतालले धनगढी रेफर गरेको हो। आज बिहान दशरथचन्द राजमार्गको बेडौती भन्ने स्थानमा जीपले मोटसाईकललाई ठक्कर दिदा दुर्घटना भएको थियो।
कमेन्ट लोड गर्नुस