दार्चुलामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध
२०७८ भदौ २४, ०७:४७
धनगढी: दार्चुलामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्व बनेको छ।
नेपाल टेलिकमको बालशिखरस्थित रिपिटर टावरमा चट्याङले उपकरणमा क्षति गरेपछि तीनदिन देखि फोन र इन्टरनेट सेवा अवरुद्व बनेको बताइएको छ। चटयाङले टेलिकमको रेडियो सेट, जेनेरेटर र विद्युत लाईन मिटर उडाएको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए।
कमेन्ट लोड गर्नुस