समय अघि काम सम्पन्न गर्दै, वोनस बुझ्दै निर्माण व्यवसायी
विकास निर्माणका धेरै योजनाहरु समयमा सम्पन्न नहुने काम सकिन बर्षौ लाग्ने प्रवृति रहेको छ । योजना सम्पन्न गर्नका लागि ढिलासुस्ती र लापरवाही हुने गरेकोमा पछिल्लो समयमा केही योजनाहरुमा त्यसको सुधार हुन थालेको छ । तोकिएको समय अगाडी पनि विकास निर्माणका योजनाहरु सम्पन्न हुन थालेका छन् । निर्धारित समयभन्दा अगाडी काम सम्पन्न गर्ने क्रम वढ्दै गएको हो । सरकारले तोकिएकोभन्दा अघि नै काम सकेमा वोनस दिन थालेपछि कतिपय निर्माण व्यवसायीहरु तिव्रताका साथ काम गर्न थालेका हुन् । निर्माण व्यवसायीलाई विकास र समृद्धिका साझेदार मानिन्छ । विकास निर्माणसँग सम्वन्धित सवै कामहरु उनीहरुले गर्ने गरेका छन् । तर समयमै काम नभएर बर्षौसम्म योजनाहरुको कार्यान्वयन र समयमै काम नगर्दा यसले उनीहरुलाई हेर्ने दृष्टिकोण फरक भईरहेका वेला कतिपय निर्माण व्यवसायी त्यससलाई चिर्नतिर पनि लागिरहेका छन् । उनीहरुले योजना सम्पन्न गराउने समय सीमाभन्दा अगाडी नै काम सम्पन्न गरेर हस्तान्तरण गर्दै वोनस समेत पाईरहेका छन् ।
निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष प्रकाश सेठी सवैभन्दा योजनाहरु निर्धारित समयभन्दा अगाडी सम्पन्न गर्नेमा सुदुरपश्चिम प्रदेशमै पहिलो स्थानमा छन् । केही महिना अगाडी पुर्नवास नगरपालिका ९ महिना अघि र त्रिभुवन स्वास्थ्य चौकीको भवन ६ महिना अगाडी नै सम्पन्न गरेर हस्तान्तरण समेत गरिसेका छन् उनले । उनका दर्जजन बढी योजनाहरु पनि निर्धारित समयभन्दा अघि नै सम्पन्न हुने अवस्थामा पुगिरहेका छन् । निर्माण व्यवसायी संघ कैलालीका कोषाध्यक्ष दिर्घ जोशीले पनि योजनाहरु समय अगावै सिद्धाउन थालेका छन् । उनलले धनगढीको वेलीमा जडिवुटी प्रशोधन केन्द्रको निर्माणको काम ६ महिना अगाडीलाई पुरा गरि सकेका छन् । भवन निर्माणका क्रममा पाईने भुक्तानी नपाईएपनि जोशीले आफ्नै लगानीमा समय पहिले नै योजना सिद्धाएका हुन् । हाल सञ्चालनमा रहेका विभिन्न योजनाहरुलाई पनि जति सक्दो चाँडो सम्पन्न गराउने गरी काम गरिरहेको जोशी बताउँछन् । आफुले सक्ने जति काम लिने र समय गर्ने ईच्छा शक्ती भए काम गर्न समस्या नहुने जोशी बताउँछन् ।
बझाङका निर्माण व्यवसायी दलबहादुर बिष्टले पनि वटा सरकारी भवनको काम समय अगावै सकिएपछि वोनस समेत खाई सकेका छन् । जिल्ला मालपोत कार्याल र जिल्ला हुलाक कार्यालयको काम सकेपछि बिष्टले वोनस वापत मात्रै ४४ लाख रकम पुरस्कार स्वरुप पाएका हुन् । बैतडीका निर्माण व्यवसायी सुरेन्द्र चन्दले पनि पाटन पञ्चेश्वर सडक निर्मारित समय अगाडी नै काम सम्पन्न गरेका छन् । २३ किलोमिटर सडकको ट्रयाक खोल्ने काम उहाँले दिईएको समयभन्दा तीन महिना अघि नै सकेपछि उनले पनि वोनस पाएका छन् । विकास निर्माणका काममा ढिलासुस्ती र लापरवाहीका कारण समयमै काम सम्पन्न नहुने परिपाटीमा केही निर्माण व्यवसायी समयभन्दा अगाडी नै काम सिद्धाउन थालेका हुन्् । सरकारले निर्धारित समयभन्दा अगाडी काम सम्पन्न गरेमा पुरस्कार स्वरुप वोनस दिन थालेपछि निर्माण व्यवसायीहरु अझ उत्साहित भएको सुदुरपश्चिम प्रादेशिक निर्माण व्यवसायी संघका अध्यक्ष मदन कुँवरले बताए । सरकारले योजनाको समय अवधिभन्दा दुई सय दिन महिना अगाडी काम सकेमा योजनाको लागतको १० प्रतिशत रकम वोनस वापत दिने गरिएको छ । तीन महिनाभन्दा कम समयमा सकेमा भने प्रति दिनको हिसावले वोसन दिने गरिएको छ । यसले पनि निर्माण व्यवसायीहरु थप सक्रिय भएरकाम गर्न थालेका छन् । आगामी दिनमा समयभन्दा अगाडी काम सम्पन्न गर्ने निर्माण व्यवसायीको संख्या वढ्दै जाने निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष प्रकाश सेठीको भनाई छ ।