सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैं तिहारमा सरकारले चिनीमा ५ र नुनमा २ रुपैयाँ छुट दिने

२०७८ भदौ २३, ०५:२२ खबर संवाददाता

काठमाडौंः सरकारले असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशका ३९ स्थानमा सहुलियत पसल सञ्चालन गरिने जनाएको छ।  कात्तिक २४ गतेसम्म सञ्चालन हुने सहुलियत पसलमा  छुटसहित खाद्यवस्तुको बिक्री गर्ने मन्त्रालयले घोषणा गरेको छ। जसअनुसार मोटा मसिनो चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट हुने छ। यस्तै, सिमी र फापर प्रतिकिलो १० रुपैयाँ, नुन प्रतिकिलो २ रुपैयाँ, चिनी प्रतिकिलो ५ रुपैयाँ छुट पाइने मन्त्रालयले बताएको छ।

यसैगरी, खसीबोका प्रतिकिलो १० रुपैयाँ र दुग्ध संस्थानमार्फत बिक्री हुने घ्यू, दुध र पनिरमा पनि छुट दिने मन्त्रालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस