सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्सेमा उच्च अङ्कको गिरावट

२०७८ भदौ २२, ०६:२९ रासस

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ। आइतबार उच्च अङ्कले घटेको बजार सोमबार पुनः उल्लेख्यरूपमा उकालो लाग्यो । शेयर कारोबार हुने साताको तेस्रो दिन मङ्गलबार नेप्सेमा ४४।१८ विन्दुले ओरालो लागेर दुई हजार ९३६।६० मा ओर्लेको छ।यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५।०५ विन्दुले घटेर ५४८।३५ मा ओर्लेको छ। 

नेप्से ओरालो लागेसँगै कारोबार रकमसमेत ओरालो लागेको छ। कुल २२२ कम्पनीको एक करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर ८६ हजार ५०८ पटक शेयर कारोबार भयो। नेप्सेका अनुसार कूल सात अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ मूल्यमा खरिद बिक्री भए। 

कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लागेको छ। अन्य १९।६६ र सामूहिक लगानी कोष ०।०९ विन्दुले उकालो लागेको छ। यस्तै, बैंकिङ ३३।४९, व्यापार ५४।३७, होटल तथा पर्यटन १०९।१४, विकास बैंक ७१।८१, जलविद्युत् ५१।५, वित्त ४९।२१, निर्जीवन बीमा २९०।२३, उत्पादन १३३।८८, लघुवित्त १४६।७७, जीवन बीमा ३०२।८ र लगानी ०।४४ विन्दुले ओरालो लागेको छ। 

नेप्सेका अनुसार कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६१ करोड ९२ लाख ९१ हजार ६९२ मूल्यमा कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावर ३८ करोड ४२  लाख ८७ हजार ४८२, अपि पावर कम्पनी १९ करोड १२ लाख २१ हजार १३७, ज्योति विकास बैंक रु १७ करोड ५७ लाख ८८ हजार र रिडी हाइड्रोपावर कम्पनीको १६ करोड चार लाख ९७ हजार ८१५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे। 

नेप्सेका अनुसार सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। युनाइटेड मोदी हाइड्रोपावर ७।७८, एचआइडिसीएल ५।१६, युनिलिभर नेपाल ५।०३ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ४।०१ प्रतिशतले कमाए। 

त्यस्तै, आरएमडिसी ७।७३, रुरु जलविद्युत् परियोजना ७।०१, प्रोगेसिभ फाइनान्स ५।६०, फस्र्ट माइक्रोफाइनान्स ५।४८ र माउण्टेन इनर्जी नेपालका लगानीकर्ताले ५।३७ प्रतिशतले गुमाए। मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब नौ अर्ब ७६ करोड तीन लाख ७४ हजार ११० बराबर पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस